कमजोर टोली वेटिससँग हार्‍यो मड्रिड, बार्सालाई फाइदा « Khabarhub

कमजोर टोली वेटिससँग हार्‍यो मड्रिड, बार्सालाई फाइदा


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–स्पेनिस लिगमा रियल मड्रिडले हार ब्यहोरेको छ । कमजोर आकिएको रियल वेटिससँग रियल पराजित भएको हो ।

आइतबार राति भएको खेलमा मड्रिड वेटिससंग २–१ गोल अन्तरले स्तव्ध बनेको हो ।

पछिल्लो हारसँगै रियलको उपाधि होडमा धक्का लागेको छ । रियलले शीर्ष स्थानमा उक्लिने मौका समेत गुमाएको छ ।

खेलमा अग्रता घरेलु टोली बेटिसले डी सिल्भा जुनियरको गोलबाट ४० औ मिनेटमा लिएको थियो ।

पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन ८ मिनेट बाँकी छदाँ बार्सिलोनाका पूर्व खेलाडी क्रिस्टियन टेलोले गोल गर्दै मड्रिडको महत्वपूर्ण तीन अंक खोसे ।

जितसंगै बेटिस ३३ अंक सहित तालिकाको १२ औं स्थानमा छ । रियल ५६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । रियल मड्रिडको पराजयले बार्सिलोनालाई फाइदा भएको छ । शीर्षस्थानको बार्सिलोना २७ खेलबाट ५८ अंक रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : २२ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको