छिट्टै मच्छिन्द्रनाथको पुनर्निर्माण अघि बढाइने « Khabarhub

छिट्टै मच्छिन्द्रनाथको पुनर्निर्माण अघि बढाइने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।

प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनले भने, “केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छौं, पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनर्निर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गयौँ ।”

आउँदो शनिबार बुङ्मती गएर मन्दिर पुनर्निर्माण विषयक छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको महर्जनले बताए । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनर्निर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन ।

मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार सङ्ग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्वक विभागका प्रतिनिधिलगायत ३२ पानेजु सङ्घ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिए ।

सो मन्दिर पुनर्निर्माणका लागि प्राधिकरणले सम्पूर्ण आर्थिक सहयोग गर्ने भएको छ । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनर्निर्माणको गति लिने भएको छ ।

मन्दिर पुनर्निर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा यो अन्योलमा परेको थियो ।

मन्दिर पुनर्निर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताए ।

“मन्दिर पुनर्निर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन”, उनले भने । बङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा अब ठेक्कापट्टा हुने छैन ।

रातो मच्छिन्द्रनाथ पुनर्निर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इञ्जिीनियर सम्पत घिमिरेले बताए ।

“हामीले मन्दिर पुनर्निर्माणका लागि रु तीन करोड लाग्ने अनुमान गरिसकेका छौं”, घिमिरेले भने । काम अघि बढाइएको एकदेखि डेढ वर्षभित्र पूरै समाप्त गर्ने योजनामा विभाग रहेको उनले जानकारी दिए । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ५५ बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई