कोरोनाको जोखिम फैलिन नदिन ललितपुर महानगरले थाल्यो माक्स उत्पादन | Khabarhub Khabarhub

कोरोनाको जोखिम फैलिन नदिन ललितपुर महानगरले थाल्यो माक्स उत्पादन


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरु अपनाइएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्स लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।

यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्न शुरु गरेको हो । महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार माक्स उत्पादन थालिएको महानगरले जनाएको छ। मौसमी रुघाखोकी लागेका व्यक्तिले मास्कको प्रयोग गर्दा आफू र अरु समेत सुरक्षित हुने भएकाले चाँडै मास्क वितरण गरिने प्रवक्ता राजु महर्जनले बताए ।

महानगरपालिकाले यसअघि नै सिलाइ तालिम दिएको र तालिम लिएका महानगरका वडाका महिलाहरुले मास्क सिलाउन थालेको उनले बताए ।

त्यस्तै विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिमबाट टाढा रहन साबुन पानीले नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक कान र मुख छोप्न, अभिवादनका क्रममा नमस्कार गर्न, माछा, मासु र अण्डा राम्रो सँग पकाएर खाना समेत अनुरोध गरेको छ ।

महानगरले ठूला सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ४ : ३३ बजे

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध