मिथिला मध्यमा परिक्रमा सम्पन्न, यात्रामा सहभागी तीर्थालु घर फर्किए « Khabarhub

मिथिला मध्यमा परिक्रमा सम्पन्न, यात्रामा सहभागी तीर्थालु घर फर्किए


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- विश्वको लामो धार्मिक यात्राका रुपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ ।

धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन १२ गते शुक्ल औँसीका दिन शुरु मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै आइतबार साँझ जनकपुर आइपुगेको थियो भने आज बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन् ।

मध्यमा परिक्रमाको महत्वलाई राष्ट्रियस्तरमा परिचित गराउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले परिक्रमाको शुभारम्भ गरेका थिए ।

नेपाल र भारतका हजारौँ तीर्थालु सहभागी रहेको परिक्रमा थालनीमा दाहालले मिथिलाविहारी मन्दिरबाट रामको डोला उठाएका थिए । उनले उठाएको डोला साधुसन्तले सम्हाल्दै १५ दिवसीय यात्रा प्रारम्भ भएको थियो ।

हिन्दु धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८औँ शताब्दीदेखि शुरु भएको जनाइन्छ । जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ ।

उनले भने, “मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ । त्यसैले यो परिक्रमामा वृद्धवृद्धाको सहभागिता बढी हुने गर्दछ ।”

खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ । हरेक वर्ष फागुन शुक्ल औँसीको दिन शुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ ।

जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करिब पाँच किलोमिटर पुग्छ । यो परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ । जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ५८ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको