आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा फुटबल रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दैै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा थ्रीस्टारले तीन गोल गर्न सफल भयो ।

खेलको ७९औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपछि थ्रीस्टारले विपक्षी टोलीमाथि लगातार दबाब बनाइरहेको थियो । इन्जुरी समयमा उसले थप दुई गोल गर्न सफल भयो ।

तीन मिनेटको इन्जुरी समयको दोस्रो र अन्तिम मिनेटमा थ्रीस्टारका सुशन श्रेष्ठले लगातार गोल गर्दै टोलीको जित सुनिश्चित गरेपछि पाहुना टोली गान्तोक आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले रु पाँच हजार नगद तथा ट्रफी प्राप्त गरेका छन् ।

खेलमा गान्तोकले गोल गर्ने केही सुन्दर अवसरको सदुपयोग गर्न सकेको थिएन ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत १ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : २८ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।