आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा फुटबल रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दैै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा थ्रीस्टारले तीन गोल गर्न सफल भयो ।

खेलको ७९औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपछि थ्रीस्टारले विपक्षी टोलीमाथि लगातार दबाब बनाइरहेको थियो । इन्जुरी समयमा उसले थप दुई गोल गर्न सफल भयो ।

तीन मिनेटको इन्जुरी समयको दोस्रो र अन्तिम मिनेटमा थ्रीस्टारका सुशन श्रेष्ठले लगातार गोल गर्दै टोलीको जित सुनिश्चित गरेपछि पाहुना टोली गान्तोक आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले रु पाँच हजार नगद तथा ट्रफी प्राप्त गरेका छन् ।

खेलमा गान्तोकले गोल गर्ने केही सुन्दर अवसरको सदुपयोग गर्न सकेको थिएन ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत १ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : २८ बजे

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय