काभ्रेको पनौतीमा संकटा र अबिर जात्रा मनाइयो | Khabarhub Khabarhub

काभ्रेको पनौतीमा संकटा र अबिर जात्रा मनाइयो


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने संकटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामसँग मनाइएको छ ।

विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने जात्रामा बाजागाजासहित पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको संकटा मन्दिरबाट शुरु गरी बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर जात्रा सम्पन्न हुन्छ ।

पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको संकटा जात्रा र अबिर जात्रा पनि एक हो । सिङ्गो पनौती बासिन्दाले मनाउने सो जात्रा हरेक फागु पूर्णिमाको दिन धुमधामसँग मनाइन्छ ।

पौराणिककालदेखि मनाउँदै आएको भए पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको जात्रा २०६७ सालदेखि भिन्तुना ग्रुप पनौतीको अगुवाइमा वार्षिकरुपमा मनाउँदै आएको संकटा जात्रा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले बताए ।

विशेषगरी पारिवारिक सुख र समृद्धिको कामनाका साथ सबैको सुख, शान्ति र मेलमिलापको कामना गर्दै सङ्कटमोचन होस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । समितिका प्रमुख सल्लाहकार पुरुषोत्तम कर्माचार्यले भन्नुभयो, “यो जात्रा मनाएपछि पारिवारिक र समाजमा सङ्कटमोचन हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।”

सो अवसरमा बिहान बाजागाजासहित नगर परिक्रमा गर्ने र दिउँसो संकटा मन्दिरमा राँगो बलि दिएर सुन संकटा मूर्तिलाई बजार परिक्रमा गरेर पुनः मन्दिरमा नै लगेर राखिन्छ । सो जात्रासँगै आज नै यहाँका स्थानीय बासिन्दाले एकापसमा अबिर लगाएर अबिर जात्रासमेत मनाइयो छ ।

आपासी सद्भाव, खुशी र उमङ्गको पर्वका रुपमा मनाउँदै आएको फागु पूर्णिमालाई यहाँका स्थानीय बासिन्दाले अबिर जात्राका रुपमा मनाउँदै आएको छ । विभिन्न बाजागाजा बजाएर बजार परिक्रमा गर्दै एकापसमा रङ दलेर अबिर जात्रा मनाएको कर्माचार्यले बताए ।

यस वर्ष जात्रा मनाउनका लागि स्थानीय प्रवीण कर्माचार्यको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गरी जात्रालाई व्यवस्थित ढङ्गले मनाएको छ । पनौतीमा हुने जात्रामध्ये सो जात्राका लागि पनि नगरपालिकाले आर्थिक सहयोग गरिएको छ ।

पनौतीमा हुने जात्राको मुम व्यवस्थापन समितिको नाममा बजेट व्यवस्थापन गरेअनुसार त्यसबाट विभिन्न जात्रा मनाउनका लागि बजेट व्यवस्थापन हुने जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ३५ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु