विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत बाँड्छौं : मुख्यमन्त्री राई « Khabarhub

विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत बाँड्छौं : मुख्यमन्त्री राई


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।

विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै उनले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह पनि गरे ।

मुख्यमन्त्री राईले सामाजिक सङ्घसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताए ।

नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : ०७ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र