हाइड्रोक्सिक्लोरोक्वीनको निर्यात खोलेपछि ट्रम्पले गरे मोदीको तारिफ « Khabarhub

हाइड्रोक्सिक्लोरोक्वीनको निर्यात खोलेपछि ट्रम्पले गरे मोदीको तारिफ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

निर्यातमा प्रतिबन्ध लगाइएको हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यात फुकुवा गरेपछि ट्रम्पले मोदीको तारिफ गरेका हुन् ।

भारतले यसअघि मलेरिया (औलो)को निदानका लागि प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यातमा रोक लगाएको थियो । पछिल्लो समय अमेरिकासहित केही देशले कोरोना संक्रमित बिरामीको उपचारका लागि समेत उक्त औषधि प्रयोग गरिरहेका थिए ।

कोरोना संक्रमित रोगीको उपचारमा प्रभावकारी नतिजा दिएको औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाइदिएपछि ट्रम्पले त्यसको विरोध जनाएका थिए ।

पछि ट्रम्पकै ‘अनुरोध’मा भारतले उक्त औषधिको निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

ट्रम्पले मोदीको तारिफ गर्दै आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्– ‘असाधारण समयमा मित्रहरुबीच घनिष्ट सहयोग आवश्यक छ । हाइड्रोक्सिक्लोरोक्वीननबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ११ : ०९ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको