अन्योलमा प्रदेशसभा अधिवेशन | Khabarhub Khabarhub

अन्योलमा प्रदेशसभा अधिवेशन


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कोरना भाइरस,(कोभिड— १९ ) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ ।

यही चैत १३ गते सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने सम्भावना न्यून रहेको बताइएको छ ।

लकडाउनका कारण प्रदेश राजधानी वीरेन्द्रनगर ठप्प भएपछि त्यसयता बैठक बस्न सकेको छैन । गत माघ २४ गतेदेखि शुरु प्रदेशसभाको पाँचौं अधिवेशनमा छ बैठक सम्पन्न भएका थिए ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आठ वटा विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार खाद्य उत्पादन अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको, उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको , सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको , प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको र कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै वातावरण संरक्षण सम्बन्धमा व्यवस्था , कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था , कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको र लोक सेवा आयोग ऐन (पहिलो संशोधन) विधेयक छलफलकै क्रममा छन्

। प्रदेश सरकारले हिउँदे अधिवेशनमा यी विधेयकहरु पारित हुने अपेक्षा राखेको थियो । प्रदेशसभा सचिव बुढाथोकीले चालू अधिवेशन सञ्चालन गर्ने या अन्त्य गर्ने विषयमा कुनै टुङ्गो नलागेको जानकारी दिए ।

“अब त बजेट अधिवेशनको तयारीमा जानुपर्ने अवस्था आइसक्यो,” उनले भने , “सरकारले अधिवेशन अन्त्यका सम्बन्धमा प्रदेशसभासँग परामर्श गरेर उचित निर्णय गर्छ होला ।”

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ५७ बजे

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश