रानीगञ्ज नाकामा थप कडाइ « Khabarhub

रानीगञ्ज नाकामा थप कडाइ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरस(कोभि–१९) संक्रमितको र मृतको संख्या बढ्न थालेसँगै भारतको पश्चिम बंगाल सरकारले नेपाल सँगको सीमा नाकामा थप कडाइ गर्ने भएको छ ।

पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवाहक सवारी नेपाल नपठाउने भएको छ ।

भाइरस संक्रमण र लकडाउनको कारण देखाउँदै पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी नपठाउने जानकारी मौखिक रुपमा आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।

यस विषयमा आफूले अर्थमन्त्रालय भन्सार विभागमा जानकारी गराएको विश्वकर्माले बताए ।

यसअघि कोराना जोखिम बढेसँगै भारतले रानीगञ्जसहित नेपालसँग सीमा जोडिएका चारवटा मात्र नाका खोलेको थियो तर जोखिम अझै बढेपछि ति नाकाहरुमा थप कडाइ गरिएको थियो. ।

भारतको रानीगञ्ज नाका नेपालको पूर्वी काँकरभिट्टा नाकासँग सीमा जोडिएको छ । यसअघि नै नै त्यहाँ आइपुगेका मालवाहक सवारी नेपाल भित्रिसकेका छन् ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भारतको पश्चिम बंगालमा पाँच जनाले ज्यान गुमाएका छन् भने १ सय ३ जनामा संक्रमण देखिएको नवभारत टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : १२ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर