रानीगञ्ज नाकामा थप कडाइ | Khabarhub Khabarhub

रानीगञ्ज नाकामा थप कडाइ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरस(कोभि–१९) संक्रमितको र मृतको संख्या बढ्न थालेसँगै भारतको पश्चिम बंगाल सरकारले नेपाल सँगको सीमा नाकामा थप कडाइ गर्ने भएको छ ।

पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवाहक सवारी नेपाल नपठाउने भएको छ ।

भाइरस संक्रमण र लकडाउनको कारण देखाउँदै पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी नपठाउने जानकारी मौखिक रुपमा आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।

यस विषयमा आफूले अर्थमन्त्रालय भन्सार विभागमा जानकारी गराएको विश्वकर्माले बताए ।

यसअघि कोराना जोखिम बढेसँगै भारतले रानीगञ्जसहित नेपालसँग सीमा जोडिएका चारवटा मात्र नाका खोलेको थियो तर जोखिम अझै बढेपछि ति नाकाहरुमा थप कडाइ गरिएको थियो. ।

भारतको रानीगञ्ज नाका नेपालको पूर्वी काँकरभिट्टा नाकासँग सीमा जोडिएको छ । यसअघि नै नै त्यहाँ आइपुगेका मालवाहक सवारी नेपाल भित्रिसकेका छन् ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भारतको पश्चिम बंगालमा पाँच जनाले ज्यान गुमाएका छन् भने १ सय ३ जनामा संक्रमण देखिएको नवभारत टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : १२ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ