लकडाउनका कारण अलपत्र परेका ३७ मजदुरको उद्धार « Khabarhub

लकडाउनका कारण अलपत्र परेका ३७ मजदुरको उद्धार


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७ मजदूरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट आएर म्याग्दीमा सञ्चालित विभिन्न आयोजनामा काम गर्ने ३७ मजदूर भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका– ६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३ मजदूरलाई उद्धार गरी सम्बन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको छ ।

उनले भने, ‘आफ्नो आयोजना स्थलमा रहेका मजदूरलाई अलपत्र पार्नेलाई कारवाही शुरु गरेका छौं, एक ठाउँबाट अर्को ठाउँमा नजान मजदूरहरुलाई समेत सचेत बनाएका छौं ।’

निर्माणाधिन बेनी अस्पतालको भवनमा काम गर्ने मजदूरहरु बेनी दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिडेको अवस्थामा उनीहरुलाई बेनी नगरपालिका–४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बतााए । उनीहरु एक हप्ता पैदल हिडेर घरसम्म पुग्ने योजना बनाइ हिँडेका थिए ।

अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरुलाई भोकभोकै बस्नुपर्ने अवस्था आएकाले बस्तीभन्दा टाढा जङ्गलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदूरहरुले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : ५२ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान