राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात, दुई जना पक्राउ « Khabarhub

राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात, दुई जना पक्राउ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएपछि समस्यामा परेका विपन्न वर्गका परिवारलाई राहत वितरणका लागि पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका- २ मा विपन्न वर्गका परिवारलाई राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात भएको हो ।

वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात भएको प्रहरीले जनाएको छ ।

वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा सोही ठाउँका सोम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा कार्यालयले गरेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले हातपात गरेका थिए ।

वडा कार्यालयले बुधबार बिपन्न परिवारलाई राहत वितरण गरेको छ भने यसअघि  चार सय पाँच परिवारलाई राहत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : ३२ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ