क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन « Khabarhub

क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ ।

यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।

लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिए । तर उनले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गरे ।

सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएकी थिइन् ।

त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।

ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेकी थिइन् । कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएकी थिइन् ।  ट्रिपले लेविन्स्कीसँग गरेको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएकी थिइन्  यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ४ : १३ बजे

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी