कर्णाली प्रदेशका स्वास्थ्यकर्मीद्वारा पीपीई नपाएको गुनासो « Khabarhub

कर्णाली प्रदेशका स्वास्थ्यकर्मीद्वारा पीपीई नपाएको गुनासो


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव रहेका गुनासो गरेका छन् । विशेष गरी हिमाली जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सो गुनासो राखेका हुन् ।

सो सामग्री अभाव विना बिरामीलाई जाँच गर्नुपरेको तिला गाउँपालिका–९ राँसा स्वास्थ्य चौकी जुम्लाका प्रमुख हर्कबहादुर रावतले बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा आइपर्ने विसम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मी नै हुन्छन् । उनीहरु व्यक्तिगत सुरक्षा सामग्रीसहित हुनुपर्छ तर हामी पिपिइ, एन–९५ मास्कका कुरा छोडौँ, सर्जिकल मास्क नहुँदा गाउँमै कपडाको मास्क सिलाएर लाउन बाध्य छौँ । यस्तो स्थितिमा स्वास्थ्यकर्मीले कस्तो मनस्थितिले काम गर्न सक्छन् ?’

प्रमुख रावतले भने, ‘अर्काको सुरक्षा दिने हामी सुरक्षाकर्मी आफैँ असुरक्षित छौँ । हामी कसरी उहाँहरुको सुरक्षा गर्न सक्छौँ ? स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, छाती दुख्ने समस्याका बिरामी आउने क्रम बढेको छ । उनीहरुलाई जाँच गर्न नै डर लागेर आउँछ ।’

सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताभन्दा पनि स्वास्थ्य सामग्रीले मजबुत बनाउँदा कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो । उनले प्रश्न गरे, ‘१० जना कर्मचारी भएको स्वास्थ्य चौकीमा एउटा पिपिइ सेटले कति सेवा दिन सकिन्छ ?’

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले महत्वपूर्ण केसको जाँचमा लगाउनेगरी जिल्लाका ३० वटा स्वास्थ्य चौकीमा एक/एक पिपिइ सेट उपलब्ध गराइएको जानकारी दिए ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य सामग्री किन्नका लागि प्रत्येक जिल्लामा २ लाख ५० हजारका दरले पठाइएको जानकारी दिए । ‘स्वास्थ्य सामग्री अभाव भएकाले सरकारले सामग्री खरिद गरिरहेको छ,’ उनले भने, ‘अब हामी जतिसक्दो चाँडो प्रदेशभरिका स्वास्थ्य संस्थामा पठाउँछौं ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ४ : ४३ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर