२८ सय ९५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमण छैन « Khabarhub

२८ सय ९५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमण छैन


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको आशंकामा हालसम्म २८ सय ९५ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ वटा नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।
यस्तै १ सय ९३ वटा नमूनाहरु परीक्षण भइरहेको प्रवक्ता देवकाटाले बताए ।

विभिन्न देशबाट चैत महिनामा नेपाल प्रवेश गरेका ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कोरोनासँग मिल्ने लक्षण देखिएर आइसोलेसनमा रहेका बिरामीको संख्या देशभर १ सय १७ जना रहेको छ । तीमध्ये काठमाडौं उपत्यकामा १८ जना र उपत्यका बाहिर ९९ जना रहेका छन् ।

प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्रीत प्रदेश ५ हजार र्‍यापिड टेस्ट किट उपलब्ध गराएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्ट किटबाट गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । हालसम्म ६६ जनाको नतिजा आएको र ती सबैको नतिजा नेगेटिभ आएको प्रवक्ता दाहालको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले कोराना लक्षणबारे जानकारी गराउन बनाएको एप्समा २४ घण्टामा ८ सय २६ जनाले आफुमा कोरोनासँग मिल्ने लक्षण देखिएको बताएका छन् । ती मध्येबाट ५ जनालाई रेड जोनमा राखिएको छ ।

उक्त एप्समार्फत हालसम्म १२ हजार ८ सय ९४ जनाले लक्षणबारे बताएको र ती मध्ये १ सय १८ जना रेडजोनमा रहेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

डडेल्धुरा र वैतडीमा पनि नमूना संकलन गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा र बैतडीमा पनि क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरी कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै डडेल्धुरा र वैतडीमा पनि ४ सय भन्दा बढीको कोरोना परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नमूना संकलनका लागि कर्मचारी समेत पठाइसकिएको प्रवक्ता देवकोटाले बताए ।

थप ४ स्थानमा पिसिआर मेसिड जडान गरिँदै

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको दायरालाई बढाउँन देशका विभिन्न ठाउँमा रियल टाइम पिसिआर मेसिन जडानको काम भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोरोना परीक्षणको दायरा बढाउन काठमाडौंको पाटन, बिराटनगर, जनकपुर र बुटवलमा पनि पिसिआर मेसिन जडान गर्न टोली गएको बताएका हुन् ।

क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण 

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि कोरोना परीक्षण गर्ने भएको छ । त्यसका लागि काठमाडौंका स्थानीय तहहरुका स्वास्थ्य संयोजनकलाई तालिम समेत दिइएको प्रवक्ता डा देवकोटाले बताए ।

स्वास्थ्य मन्त्रालयले देशभर क्वारेन्टाइमा रहेका व्यक्तिहरुलाई १४ दिन पनि कोरोना परीक्षण गरेर कोरोना नेगेटिभ आएपछि मात्र घर जान दिइने जनाएको छ । उनीहरुलाई घरमा समेत थप एक साता क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने र त्यसको निगरानी स्वास्थ्य स्वयंसेविकाले गर्ने प्रवक्ता डा देवकोटाले बताए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनपछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर उपचार गरिने प्रवक्ता देवकोटाको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : ०१ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर