राज्यमन्त्री मानन्धरले उपत्यकाबाटै थाले क्वारेन्टाइनको अनुगमन र सहजीकरण « Khabarhub

राज्यमन्त्री मानन्धरले उपत्यकाबाटै थाले क्वारेन्टाइनको अनुगमन र सहजीकरण


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे अनुगमन र आवश्यक समन्वयको काम थालिएको जनाएका छन् । 

गत साता बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्विकृत गर्दै  सहरी विकास राज्यमन्त्री मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अनुगमन तथा सहजिकरणको  जिम्मेवारी दिएको थियो । 

सहरी विकास मन्त्रालयका तर्फबाट पनि आज मन्त्रीस्तरिय निर्णय गर्दै सहसचिव नवराज प्याकुरेल र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव कुमार प्रसाद घिमिरेलाई खटाइएको छ ।

गत चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वयका लागि राज्यमन्त्रीकसँगको टोलीमा दुई सहसचिवलाई पठाएको हो । 

मन्त्रालयले दुई सहसचिव पठाएसँगै राज्यमन्त्रीले देशभरका क्वारेन्टाइनको मापदण्ड-२०७६ अनुसार कार्यान्वयनको व्यवस्थापनका लागि उपत्यकाको १८ वटै महानगर तथा  नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायक सँग भोलि छलफल गर्ने भएका छन् । 

मन्त्री मानन्धरले  ७७ वटै जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमार्फत् बनेका क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गर्दै आवश्यक अनुगमनको तयारी भइरहेको जानकारी दिएका छन् । 

मापदण्ड अनुसार अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक सम्बन्धित पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सदस्य तथा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने छन् ।

सल्लाहकार समुहमा संघीय संसदका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु र जिल्ला मन्वय समिति प्रमुख पनि रहने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : १२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२