राज्यमन्त्री मानन्धरले उपत्यकाबाटै थाले क्वारेन्टाइनको अनुगमन र सहजीकरण « Khabarhub

राज्यमन्त्री मानन्धरले उपत्यकाबाटै थाले क्वारेन्टाइनको अनुगमन र सहजीकरण


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे अनुगमन र आवश्यक समन्वयको काम थालिएको जनाएका छन् । 

गत साता बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्विकृत गर्दै  सहरी विकास राज्यमन्त्री मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अनुगमन तथा सहजिकरणको  जिम्मेवारी दिएको थियो । 

सहरी विकास मन्त्रालयका तर्फबाट पनि आज मन्त्रीस्तरिय निर्णय गर्दै सहसचिव नवराज प्याकुरेल र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव कुमार प्रसाद घिमिरेलाई खटाइएको छ ।

गत चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वयका लागि राज्यमन्त्रीकसँगको टोलीमा दुई सहसचिवलाई पठाएको हो । 

मन्त्रालयले दुई सहसचिव पठाएसँगै राज्यमन्त्रीले देशभरका क्वारेन्टाइनको मापदण्ड-२०७६ अनुसार कार्यान्वयनको व्यवस्थापनका लागि उपत्यकाको १८ वटै महानगर तथा  नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायक सँग भोलि छलफल गर्ने भएका छन् । 

मन्त्री मानन्धरले  ७७ वटै जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमार्फत् बनेका क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापनलाई चुस्त बनाउन आग्रह गर्दै आवश्यक अनुगमनको तयारी भइरहेको जानकारी दिएका छन् । 

मापदण्ड अनुसार अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक सम्बन्धित पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सदस्य तथा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने छन् ।

सल्लाहकार समुहमा संघीय संसदका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु र जिल्ला मन्वय समिति प्रमुख पनि रहने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : १२ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर