राष्ट्रिय युवा परिषद्ले काेराेनाबारे चेतना फैलाउन युवा परिचालन गर्ने « Khabarhub

राष्ट्रिय युवा परिषद्ले काेराेनाबारे चेतना फैलाउन युवा परिचालन गर्ने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ ।

वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध युवाले आ–आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयंसेवकीय भूमिका निर्वाह गर्ने गरी युवा परिचालन गर्न थालेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला युवा समितिका अध्यक्ष र युवा क्लब सञ्जाललगायत अन्य सबै सञ्जालका सदस्य स्वयंसेवी रुपमा परिचालन हुने छन् । ७७ जिल्लामा रहेका युवा सञ्जालमा रहेका छन् । उनले कोरोना रोकथाममा जनचेतना जगाउन करिब तीन हजार युवा परिचालन हुने जानकारी दिए ।

स्वयंसेवीले विश्व स्वास्थ्य सङ्गठन तथा आधिकारिक स्वास्थ्य संस्थाबाट जारी सूचना र निर्देशनको पालना गर्न सर्वसाधारणलाई सचेत गराउने, कोभिड–१९ को प्रभावबाट जोगिनका लागि स्वास्थ्यकर्मीद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी सर्वस्वीकार्य उपायको पालना गर्ने र सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न अनुरोध गर्ने छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट आमनागरिकलाई बचाउन नेपाल सरकारले आ–आफ्नो घर बसी सुरक्षित रहन गरेको आह्वानसहितको लकडाउन सहयोग पुग्ने गरी आमनागरिकलाई अनुरोध गर्ने, हालै विदेशबाट आएका व्यक्तिको पहिचान गरी स्वास्थ्य जाँच गर्न सघाउने र ती व्यक्तिको विवरण स्थानीय तहलाई उपलब्ध गराउने, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लगत सङ्कलन, स्क्रिनिङ र आवश्यकतानुसार क्वारेन्टाइन वा आइसोलेशनमा पठाउनुपर्दाको समयमा उनीहरुलाई आवश्यक परामर्श गर्न र यस कार्यका लागि स्थानीय सरकार वा समुदायलाई आवश्यक समन्वय स्वयंसेवीले गर्नेछन् ।

यसैगरी सार्वजनिकस्थलमा भीडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधि पसलमा एकैचोटी ग्राहकको ठूलो भीड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरणसमेत गर्ने छन् ।

यस्तै स्वयंसेवीले गाउँटोलमा कुनै बिरामी परेको भए निजलाई छिटोभन्दा छिटो नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा लैजाने, यदि तत्काल समस्या परेमा नजिकको प्रहरी चौकी, वडा कार्यालय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सम्पर्क तथा समन्वय गर्ने, लकडाउनका अवधिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित गर्ने कार्यमा सरकारी, सहकारी तथा निजी क्षेत्रलाई सघाउने जस्ता कार्य गर्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : २८ बजे

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले