काठमाडौं छोड्न दिने निर्णयको मुख्यमन्त्री पोखरेलद्वारा विरोध « Khabarhub

काठमाडौं छोड्न दिने निर्णयको मुख्यमन्त्री पोखरेलद्वारा विरोध


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण काठमाडौं उपत्यकामा अड्किए सर्वसाधारणलाई दुई दिन गाउँ जान दिने निर्णयको सत्तारुढ दलकै नेतासमेत रहेका प्रदेश पाँचका मुख्यमन्त्रीले विरोध गरेका छन् ।

विहीवार कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले उपत्यकामा रहेकालाई दुई दिन आ आफ्नो गाउँ जान दिने निर्णय गरेको थियो ।

र प्रदेश पाँचका मुख्यमन्त्री समेत रहेका नेकपाका नेता शंकर पोखरेलले भने उक्त निर्णयको विरोध गर्दै काठमाडौंबाट बाहिरिन दिने तर भित्रन नदिने कुरामा सत्यता नभहोला भन्दै प्रश्न गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले लकडाउन भनेको लकडाउन नै रहेको भन्दै यताउति गर्न नमिल्ने बरु समस्यामा परेकालाई राहत दिनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्,’ काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन हो । वरु बेखर्चीलाई राहत देउ ।’

मुख्यमन्त्री पोखरेलले अगाडि लेखेका छन्,’ प्रदेश पाँचमा जो जहाँ छौं त्यही बसौं, समस्या भए वडा कार्यालयमा सम्पर्क राखौं । ३ गतेपछि सिमित मात्रामा ठाउँहेरी आउजाउ खोल्न सकिन्छ । धैर्य गरौं ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : ५२ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज