प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा ११ करोड ७५ लाख जम्मा « Khabarhub

प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा ११ करोड ७५ लाख जम्मा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ।

प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर अन्य विभिन्न संघसंस्था र व्यक्तिलाई कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो।

प्रदेश कोष लेखा नियन्त्रक कार्यालय बुटवलले दिएको विवरणअनुसार बिहीबारसम्म ११ करोड ७५ लाख ८४ हजार ९ सय १७ रुपैयाँ कोषमा जम्मा भएको छ।

निजी क्षेत्रका वित्तीय संस्था, उद्योगी व्यवसायी, विभिन्न सहकारी, व्यक्ति एवं सरकारी कर्मचारीलेसमेत कोषमा रकम जम्मा गरेका छन्। निजी क्षेत्रबाट भाटभटेनी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५/२५ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

प्रदेशसभा सचिवालयले २३ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ। यसमा प्रदेशसभाका सांसदले १५ दिन र कर्मचारीले योगदान गरेका छन्।

यसैगरी, तिनाउ मिशन डेभलपमेन्ट बैंक बुटवल, सिद्धार्थ बैंक, कुमारी बैंक र लक्ष्मी बैंकले १०-१० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे बैंकले ५-५ लाख, गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले चार-चार लाख रुपैयाँका दरले कोषमा सहयोग जम्मा गरेका छन्।

कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्दा खर्च गर्ने गरी स्थापना गरिएको कोषमा रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले ३० लाख बढी सङ्कलन गरेर प्रदेश सरकारले स्थापना गरेको आइसोलेसन अस्पताललाई आवश्यक उपकरण खरिद गरी हस्तान्तरण गर्ने तयारी गरेको छ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ लाख ९६ हजार, क्रिमसन कलेजले २ लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासंघले २ लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले २ लाख २२ हजार, सामूहिक बचत तथा ऋण सहकारी संस्थाले २ लाख, नेपाल-भारत मैत्री समाजले २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, कैलाश विकास बैंकले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार, लीलामणि पौडेल ५० हजार र कृष्णबहादुर केसीले ४० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।

प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । बिहीबार नै बुटवलका समाजसेवी शेरबहादुर गुरुङले एक लाख रुपैयाँ जम्मा गरेका छन्। विभिन्न सहकारीले पनि कोषमा रकम जम्मा गरिरहेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ३० बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६