उपासनाका लागि वर्ष २०७६ यसकारण सफल वर्ष « Khabarhub

उपासनाका लागि वर्ष २०७६ यसकारण सफल वर्ष


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरी फिल्म ‘क्याप्टेन’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । पहिलो फिल्ममा उनले अनमोल केसीसँग स्किृन शेयर गर्ने मौका पाइन् ।

फिल्म त सफल भएन तर यो फिल्मबाट उपासनाको भने भाग्य चम्कियो । यही फिल्मले उपासनालाई चिनायो । केही अन्य फिल्मबाट अफर आए पनि नगरेकी उपासनाले यस वर्ष फिल्म ‘कबड्डी ३’ मा अभिनय गरिन् । यो फिल्ममा उपासनाले दयाहाङ राईसँग स्किृन शेयर गरिन् । दुवै फिल्ममा उनी लभर गर्लको भूमिकामा थिइन् ।

यो वर्षमा उनले अभिनय गरेको फिल्म यही एउटा हो । वर्ष २०७६ उनका लागि सफल वर्ष पनि हो । किनकि, पहिलो फिल्मबाट बनेको क्रेज दोस्रो फिल्ममा आउँदा अझै थपियो ।

त्यसो त दुईवटा फिल्ममा अभिनय गर्दैमा कुनै कलाकारलाई सफल नायिका भन्न सकिँदैन । तर, यो वर्ष भने उपासनाका लागि सफल वर्ष बनेको छ ।

उपासना यस वर्ष जति चर्चामा आइन्, त्यो सबै अभिनय र फिल्मका कारण आइन् । उनले आफ्ना फ्यानमा व्यक्तिगत जीवन हाबी हुन दिइनन् । साथसाथै उनले पढाइलाई पनि उत्तिकै समय दिएकी छिन् ।

दुई फिल्मबाट राम्रो चर्चा कमाएकी उपासनाको सुन्दरताका साथै अभिनयको पनि चर्चा भएको छ । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको कमी छैन ।

तस्वीर – आर्यन बिमली

यस वर्ष उपासना फिल्म छनोटमा पनि चुजी भएकी छिन् । कतिले त उनलाई नम्बर वान नायिकाको दौडमा रहेको पनि भन्न थालिसकेका छन् ।

उपासनाले फिल्म छानेर राम्रा फिल्ममा मात्र काम गर्दै गइन् भने आगामी फिल्म यात्रा अझै सफल हुनेछ । तर, पैसामुखी बन्न थालिन् भने उनको करिअर पनि हेर्दाहेर्दै सकिने हो कि भन्ने डर अर्कोतर्फ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ३३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय