सुदूरपश्चिम प्रदेशका लागि २ सय थान पीपीई हस्तान्तरण « Khabarhub

सुदूरपश्चिम प्रदेशका लागि २ सय थान पीपीई हस्तान्तरण


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको सुदुरपश्चिम समन्वयको जिम्मेवारी पाएकी खानेपानी मन्त्री बिना मगरलाई आज मन्त्री मानन्धरले २ सय थान पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

नेपाल-भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आह्वान गरे ।

मन्त्री मानन्धरले विपद्का बेलामा सबैभन्दा नजिकको छिमेकीले एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

पीपीई ग्रहण गर्दै कोरोनाविरुद्ध सुदुरपश्चिम समन्वयको जिम्मा पाएकी मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन् ।

मन्त्री मगरले सुदूरपश्चिम कोरोना संकटको ईपीसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको बताइन् ।

मन्त्री मानन्धरको पहलमा आइतबार स्वास्थ्य मन्त्रालयलाई तीन सय थान पीपीइ हुतान्तरण गरिएको थियो ।

संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेको दाबी गर्दै आवश्यक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उक्त पीपीई सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्क लगायतका समान रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : ४० बजे

भक्तपुर दरबार स्क्वायरमा पर्यटक (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ