सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न अपिल « Khabarhub

सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न अपिल


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गरेका हुन् ।

कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा नेताहरुले सरकारको ध्यानाकर्षण गराए ।

सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी सड्कटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराए ।

अपिलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिकरुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिइ उपयुक्त कदम चाल्नुपर्नेतर्फ युवा नेताले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विपद्का बेला सरकारी नेतृत्वले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने र सङ्कटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न कांग्रेसका युवा केन्द्रीय सदस्यको माग छ ।

उनीहरुले परीक्षणको दायरा र गति बढाउनुपर्ने तथा परीक्षण केन्द्र अविलम्ब थपिनुपर्ने, साथै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको पहिचानका लागि आवश्यकपर्ने परिक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको आवश्यक बन्दोबस्त गर्न सुझाव पनि दिएका छन् ।

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन कांग्रेसका युवा नेताको अपिल छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

भक्तपुर दरबार स्क्वायरमा पर्यटक (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ