कोरोनाभाइरस संक्रमण फैलिएका २०९ मुलुकमध्ये ग्रीनल्याण्ड मात्रै ‘ग्रीनजोन’मा « Khabarhub

कोरोनाभाइरस संक्रमण फैलिएका २०९ मुलुकमध्ये ग्रीनल्याण्ड मात्रै ‘ग्रीनजोन’मा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म २०९ देशमा फैलिएको छ ।

हरेक मुलुकले कोरोना भाइरसविरुद्धको संघर्षपूर्ण लडाइँ लडिरहेका बेला एक मात्र मुलुक ग्रिनल्याण्ड भने नाम अनुसार नै ‘ग्रीनजोन’मा परेको छ ।

ग्रीनल्याण्डमा ११ जनालाई कोरनाभाइरसको संक्रमण देखिए पनि हाल उनीहरु उपचारपछि सबै निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमण पुष्टि भएका सबै निको भएसँगै ग्रीनल्याण्ड ‘ग्रीनजोन’मा परेको हाे ।

अहिलेसम्म संक्रमित सबैको उपचारपछि निको भएको देश ग्रिनल्याण्ड मात्रै रहेको छ । ग्रिनल्याण्डमा कोरोना भाईरस (कोभिड १९) को आशंकामा ७७० जनमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ११ जनामा मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघि नेपाल पनि ग्रीनजोनमा पर्ने एकमात्र देश रहेको थियो । तर हाल नेपालमा ९ जनामा संक्रमण देखिए पनि एक जनाकाे उपचार पछि निको भएको छ भने अन्य ८ जना उपचाररत  रहेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै हाल अमेरिकामा तीव्र रुपमा देखिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमा १५ लाख बढी संक्रमित भएका छन् । संक्रमितमध्य ९० हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ४० हजार बढी संक्रमणपछि निको भइसकेका छन् । ११ लाख ९ हजार बढीमा जनामा संक्रमण कायम छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ४ लाख ३६ हजार बढीमा संक्रमण देखिएको छ । १४ हजार ९ सय बढीले जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी स्पेनमा १ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् १५ हजार २ सय बढीले ज्यान गुमाएका छन् । यसैगरी इटलीमा १ लाख ३९ हजारभन्दा बढी स‌क्रमित भएका छन् । जसमध्ये १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा पनि १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको शुरुवात भएको चीनमा भने ८१ हजार ८ सय बढी संक्रमित छन् । चीनमा संक्रमण दर निकै न्यून देखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ९ : २८ बजे

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज