कोरोनाभाइरस संक्रमण फैलिएका २०९ मुलुकमध्ये ग्रीनल्याण्ड मात्रै ‘ग्रीनजोन’मा « Khabarhub

कोरोनाभाइरस संक्रमण फैलिएका २०९ मुलुकमध्ये ग्रीनल्याण्ड मात्रै ‘ग्रीनजोन’मा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म २०९ देशमा फैलिएको छ ।

हरेक मुलुकले कोरोना भाइरसविरुद्धको संघर्षपूर्ण लडाइँ लडिरहेका बेला एक मात्र मुलुक ग्रिनल्याण्ड भने नाम अनुसार नै ‘ग्रीनजोन’मा परेको छ ।

ग्रीनल्याण्डमा ११ जनालाई कोरनाभाइरसको संक्रमण देखिए पनि हाल उनीहरु उपचारपछि सबै निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमण पुष्टि भएका सबै निको भएसँगै ग्रीनल्याण्ड ‘ग्रीनजोन’मा परेको हाे ।

अहिलेसम्म संक्रमित सबैको उपचारपछि निको भएको देश ग्रिनल्याण्ड मात्रै रहेको छ । ग्रिनल्याण्डमा कोरोना भाईरस (कोभिड १९) को आशंकामा ७७० जनमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ११ जनामा मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघि नेपाल पनि ग्रीनजोनमा पर्ने एकमात्र देश रहेको थियो । तर हाल नेपालमा ९ जनामा संक्रमण देखिए पनि एक जनाकाे उपचार पछि निको भएको छ भने अन्य ८ जना उपचाररत  रहेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै हाल अमेरिकामा तीव्र रुपमा देखिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वमा १५ लाख बढी संक्रमित भएका छन् । संक्रमितमध्य ९० हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ४० हजार बढी संक्रमणपछि निको भइसकेका छन् । ११ लाख ९ हजार बढीमा जनामा संक्रमण कायम छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ४ लाख ३६ हजार बढीमा संक्रमण देखिएको छ । १४ हजार ९ सय बढीले जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी स्पेनमा १ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् १५ हजार २ सय बढीले ज्यान गुमाएका छन् । यसैगरी इटलीमा १ लाख ३९ हजारभन्दा बढी स‌क्रमित भएका छन् । जसमध्ये १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा पनि १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको शुरुवात भएको चीनमा भने ८१ हजार ८ सय बढी संक्रमित छन् । चीनमा संक्रमण दर निकै न्यून देखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ९ : २८ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर