लियोनल मेस्सीसहितका खेलाडी अभ्यासमा फर्किए « Khabarhub

लियोनल मेस्सीसहितका खेलाडी अभ्यासमा फर्किए


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीसहित बार्सिलोनाका उनका साथी अभ्यासमा फर्किएका छन् । उनीहरु शुक्रबारदेखि नै व्यक्तिगत प्रशिक्षणमा फर्किएका हुन् ।

लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे-नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्ये एक स्पेन सरकारले संक्रमण नियन्त्रणमा आउने क्रम जारी रहेपछि लकडाउन खुकुलो पार्दै लगेको छ ।

सोही क्रममा रोकिएको लिग सुरु गर्नका लागि व्यक्तिगत प्रशिक्षण थालिएको हो । आउँदो जुनमा बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना नै ला लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु गर्ने तयारी छ ।

ला लिगा सुरु गर्नका लागि चार चरणका रणनीति छन् । पहिलो चरणमा तालिमका लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुने छ ।

जर्मन बुण्डेस लिगा फुटबल यहि मे १६ देखि सुरु हुने निश्चित भइसकेको छ र ला लिगाले पनि तयारी तीव्र बनाएको हो ।

त्यसका लागि खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गर्नु भन्दा दुई दिन पहिला परीक्षण गर्नु पर्छ । यस्तै प्रशिक्षणमा सहयोग गर्ने क्लोचिङ्ग स्टाफ र क्लबका कामदारको पनि परीक्षण गरिन्छ । संक्रमण देखिने व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्ति आइसोलेशनमा बस्नु पर्छ । संक्रमण नदेखिएका खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्न पाउने छन् ।

तेस्रो चरणमा टिमका खेलाडीले ८ जनाको समूहमा बाँडेर प्रशिक्षण गराइने छ । चौथो चरणमा पूर्ण टिमको पूर्ण प्रशिक्षण गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : २७ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६