कोरोना संकटले उपचार नपाएका क्यान्सर पीडित शेर्पाको अमेरिकामा निधन « Khabarhub

कोरोना संकटले उपचार नपाएका क्यान्सर पीडित शेर्पाको अमेरिकामा निधन


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- कोरोनाको संकटमा परेर क्यान्सर पीडित पेम्बा रिन्जी लामा शेर्पाको केमोथेरापी अभावमा निधन भएको छ।

५२ वर्षीय लामाको न्युयोर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधबार साँझ निधन भएको हो। करिब नौ वर्षअघि अमेरिका पुगेका उनी सोलुखुम्बु दूधकुण्ड नगरपलिका–५ छिनाक्पु गाउँका हुन्।

पेटको क्यान्सरको उपचारका लागि गत ६ महिनादेखि दुई–दुई सातामा केमोथेरापि लिँदै आएका थिए। तर, कोरोना लकडाउनका कारण नियमित केमोथेरापी पाएका थिएनन्।

घरमै आराम गरिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि करिब एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। लामाका श्रीमति, एक–एक छोरा र छोरी नेपालमै छन्।

उनी न्युयोर्कको क्विन्सस्थित एल्मर्ष्टमा बस्दै आएका थिए। अस्वस्थताका कारण काम गर्न नसकेर तीन महिनाको कोठाभाडा साथीभाइको सहयोगमा तिरिएको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : १५ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई