प्रहरी र स्थानीयवासीबीच चितवनमा झडप, तीन प्रहरी घाइते « Khabarhub

प्रहरी र स्थानीयवासीबीच चितवनमा झडप, तीन प्रहरी घाइते


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गएराति प्रहरी र स्थानीयबासीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएक छन् ।

राति साढे ९ बजेतिर गाँजा बरामद गर्नेक्रममा स्थानीयवासी प्रहरीमाथि नै जाइलागेपछि भएको झडपमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएका छन् ।

घाइतेमध्ये यादवको अवस्था गम्भीर रहेको छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले एक राउण्ड हवाईफायर समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा १२ च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ । प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : २२ बजे

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख