भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह « Khabarhub

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको दुराचारविरुद्ध विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

‘हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक थुनाका रिपोर्टहरूप्रति चिन्तित छौँ,’ कार्यालयले एक वक्तव्यमा भनेको छ ।

भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता रहेका राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यवद्धता रहेको बताएका छन् ।उनले उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष जारी राख्ने पनि बताए ।

प्रदर्शनरत युवाहरूप्रति एकता कायम गर्न आग्रह गर्दै उनीहरूलाई आफ्नो प्रदर्शन जारी राख्न उनले आग्रह गरे । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा जन्तर मन्त्रतर्फ प्रदर्शन गर्ने प्रयास गर्दा राजधानी दिल्लीभरि युट्युबर ध्रुव राठीसहित करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको दिल्लीको प्रहरी स्रोतहरूले शनिबार जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १० : १२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार