स्पेनी लिगका ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

स्पेनी लिगका ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) परीक्षणको क्रममा स्पेनिस लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्पेनमा फुटबल सुचारु गर्ने उद्देश्यसहित कोरोना परीक्षण गरिँदा ला लिगाका ३ जना र दोस्रो श्रेणीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

स्पेनिस ला लिगा आयोजकले तत्कालका लागि कुन खेलाडीलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन । तर, खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाँडै सुचारु हुने सम्भावनामा धक्का लागेको छ ।

अझै पनि केही टोलीको कोरोना परीक्षण बाँकी रहेको अवस्थामा ला लिगाले सबै परीक्षण सकिएपछि मात्रै फुटबल सुचारु गर्ने या रद्द गर्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।

आरएसीले खेलाडीको नाम सार्वजनिक नगरेपनि क्याटलान बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडका कुनै पनि खेलाडीलाई कोरोना संक्रमण नभएको पक्का गरेको छ । बार्सिलोना र रियलका खेलाडी सबैको परीक्षण नेगेटिभ आएपछि क्लबले शुक्रबारदेखि प्रशिक्षण थालिसकेका छन् । ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परीक्षण गर्नेछन् ।

उनीहरूका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ । यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परीक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समूह प्रशिक्षण र चौथो चरणमा टिमसँग पूर्ण प्रशिक्षणमा सामेल हुन पाउनेछ । यसअघि भ्यालेन्सियाका पाँच खेलाडीमा संक्रमण देखिए पनि उनीहरू ठीक भइसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ९ : ३९ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६