सार्क राष्ट्रमा कोरोना भाइरसले २ हजार ९ सयको मृत्यु, १ लाख भन्दाबढी संक्रमित | Khabarhub Khabarhub

सार्क राष्ट्रमा कोरोना भाइरसले २ हजार ९ सयको मृत्यु, १ लाख भन्दाबढी संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शनिवार बिहानसम्म  २ हजार ९३० जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा १ हजार ९८५, पाकिस्तानमा ६१८, बंगलादेशमा २०६, अफगानिस्तामा १०९, श्रीलंकामा ९ र माल्दिभ्समा ३ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा मृत्यु हुनेको संख्या २ हजार ९११ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म १ लाख २ हजार ७७४ जना संक्रमित भएका छन् ।

सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत भारत चौथो स्थानमा छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ६ हजार ५४१ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ४ हजार ६३३ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा ३ हजार ६८९ जना, चौथो नम्बरमा रहेको भारतमा १ हजार ९८५ जनाले ज्यान गुमाएका छन् ।

सार्क राष्ट्रमा भारत बढी प्रभावित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ ।

उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएका छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ ।

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ६१८ जनाको मृत्यु भएको छ भने २७ हजार ४७४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७ हजार ५३० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १८ हजार ३०६ जनाको उपचार भइरहेको छ ।

बंगलादेश

बंगलादेशमा थप ७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २०६ पुगेको छ । त्यहाँ थप ७०९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १३ हजार १३४ पुगेको छ ।

बंगलादेशमा संक्रमित मध्ये २ हजार १०१ जना उपचारपछि निको भइसकेको छन् । १० हजार ९८२७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अफगानिस्तान

अफगानिस्तामा हालसम्म १०९ जनाको मृत्य भएको छ भने ३ हजार ७७८ जना संक्रमित भएका छन् ।

अफगानिस्तामा विहीबार थप २ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो । विहीबार थप १०३ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या १ हजार २७९ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये १७९ जना उपचारपछि निको भएका छन् । १ हजार ५८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

श्रीलंकामा कोरोना भाइरसको संक्रमणले १२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ थप १२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ८३५ पुगेको छ ।

त्यसमध्ये २४० जना उपचारपछि निको भएका छन् भने ५८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

माल्दिभ्स

माल्दिभ्समा कोरोना भाइरसले ३ जनाको मृत्यु भएको छ भने ७४४ जना संक्रमित भएका छन् ।

त्यहाँ पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

माल्दिभ्समा अहिलेसम्म २२ जना उपचारपछि ठीक भइसकेका छन् भने ७२१ जना विभिन्न अस्पताहरुमा उपचार भइरहेको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।

शनिबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको हो ।

अहिलेसम्म ३० जना उपचारपछि घर फर्किएका छन् भने ७९ जनाको उपचार भइरहेको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण देखिएको भुटानमा अहिलेसम्म ७ जना संक्रिमत भएका छन् ।

संक्रमितमध्ये ५ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : १२ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट