स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान | Khabarhub Khabarhub

स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ ।

निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चाटर्ड गरेको वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।

चीनका विभिन्न गन्तव्यमा निगमको यो छैटौँ उडान हो । यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चाटर्ड उडान गरेको थियो । लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ ।

त्यस्तै पाँच चाटर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चाटर्ड उडान गर्‍यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चाटर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ५९ बजे

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले