लकडाउन खुकुलो बनाउने अष्ट्रेलियाको तयारी | Khabarhub Khabarhub

लकडाउन खुकुलो बनाउने अष्ट्रेलियाको तयारी


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएपछि त्यसको संक्रमणबाट जोगिन अष्ट्रेलियाले जारी राखेको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन खुकुलो बनाउदै जनजीवन सामान्य बनाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरेलगत्तै त्यसको तयारी थालिएको हो ।

लकडाउन खुकुलो बनाउन ३ चरणका योजना सार्वजनिक गरिएका छन् । पहिलो चरणमा १० जना सम्म भेला हुन र ५ जना सम्म पाहुनालाई आफ्नो घरमा बोलाउन वा भेटघाट गर्न सकिने भएको छ ।

यस्तै बन्द अवस्थामा रहेका क्याफे, पार्क तथा जिमखानाहरु आंशिक खुला गरिने छन् । मृत्यु संस्कारका लागि ३० जना सम्म बाहिर र भित्र १० जना भेला हुन पाईने छ ।

यस्तै दोस्रो चरणमा ३० जना सम्मलाई भेला हुन दिनेगरीको तयारी सुरू गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्न लगाईएको प्रतिबन्ध पनि दोस्रो चरणमा खुला गर्ने तयारी भएको छ ।

यस्तै तेस्रो चरणमा एक सय जना सम्मलाई भेला हुन दिने योजना सार्वजनिक गरिएको छ । यावत अवस्था कार्यान्वयनमा पुगे जनजीवन सामान्य हुने अष्ट्रेलियाको संघीय सरकारको ठहर छ ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९१४ जना संक्रमित भएका छन् भने ९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ४४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी