लकडाउन खुकुलो बनाउने अष्ट्रेलियाको तयारी « Khabarhub

लकडाउन खुकुलो बनाउने अष्ट्रेलियाको तयारी


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएपछि त्यसको संक्रमणबाट जोगिन अष्ट्रेलियाले जारी राखेको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन खुकुलो बनाउदै जनजीवन सामान्य बनाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरेलगत्तै त्यसको तयारी थालिएको हो ।

लकडाउन खुकुलो बनाउन ३ चरणका योजना सार्वजनिक गरिएका छन् । पहिलो चरणमा १० जना सम्म भेला हुन र ५ जना सम्म पाहुनालाई आफ्नो घरमा बोलाउन वा भेटघाट गर्न सकिने भएको छ ।

यस्तै बन्द अवस्थामा रहेका क्याफे, पार्क तथा जिमखानाहरु आंशिक खुला गरिने छन् । मृत्यु संस्कारका लागि ३० जना सम्म बाहिर र भित्र १० जना भेला हुन पाईने छ ।

यस्तै दोस्रो चरणमा ३० जना सम्मलाई भेला हुन दिनेगरीको तयारी सुरू गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्न लगाईएको प्रतिबन्ध पनि दोस्रो चरणमा खुला गर्ने तयारी भएको छ ।

यस्तै तेस्रो चरणमा एक सय जना सम्मलाई भेला हुन दिने योजना सार्वजनिक गरिएको छ । यावत अवस्था कार्यान्वयनमा पुगे जनजीवन सामान्य हुने अष्ट्रेलियाको संघीय सरकारको ठहर छ ।

अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९१४ जना संक्रमित भएका छन् भने ९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : ४४ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले