अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ ।

१५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ।

नेपाली समयअनुसार सोमबार ३७३ जनाको मृत्यु भएको अमेरिकामा मंगलबार विहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५८१ छ ।

यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ३९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।