इंग्ल्यान्डविरूद्धको टेष्टका लागि वेष्ट इण्डिजको टिम तयार « Khabarhub

इंग्ल्यान्डविरूद्धको टेष्टका लागि वेष्ट इण्डिजको टिम तयार


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा गरेको छ ।

वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो । वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन टेष्ट सिरिज खेल्नेछ ।

टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच रहेका छन् ।

कोरोनाको संक्रमणको डरले शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले भने इंग्ल्यान्ड भ्रमण नगर्ने भएका छन् ।

दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।

दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा जुलाई १६ मा तथा तेस्रो टेष्ट खेल जुलाई २४ मा हुनेछ । ती सबै खेल बन्द रंगशालामा हुने बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : १५ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन