बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे शुरू « Khabarhub

बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे शुरू


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – लकडाउनले प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रेको काम पुनः शुरू भएको छ ।

बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट निर्माण कार्य रोकिएको थियो ।

धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्रको काम प्रारम्भ गरिएको थियो । आगामी आर्थिक वर्षमा धावनमार्ग अगाडि बढाउन पुनः तीन करोड रकम छुट्याइने बागलुङबाट निर्वाचित सङ्घीय सांसद डा.सूर्य पाठकले जानकारी दिए ।

विमानस्थलको कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएर निर्माणको काम अगाडि बढेको भए पनि बन्दाबन्दीले केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

आगामी २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण शुरु गरे पनि बन्दाबन्दीका कारण काम प्रभावित भएको थियो ।

सरकारले विकास निर्माण अगाडि बढाउने भनेपछि पुनः कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीका आधिकारिक प्रतिनिधि दिनेश रिजालले जानकारी दिए ।

छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ साल चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार अभावमा अहिले बन्द छ ।

बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थलमा कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रका लागि पहिलो चरणमा चार करोड बजेट विनियोजन गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ९ : १४ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती