छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्व युवराज्ञी हिमानी शाह छोरी पूर्णिका र कृतिका शाहसँग नाचेको टिकटक भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

दुई वटा भिडियो भाइरल बनिरहेका बेला छोरीहरुसँगै हिमानी नाचेको अर्को भिडियो समेत सार्वजनिक भएको छ ।

पछिल्लो पटक ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसँगै नाचेकी छिन् ।

लकडाउनको फुर्सदिलो समयमा उनीहरु टिकटकमा रमाएका छन् । यतिबेला हिमानी छोरीहरुसँगै थाइल्याण्डमा छिन् ।

यसअघि गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा छोरीहरुसँग नाचेकी थिइन् । उक्त भिडियो छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् ।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

शुभेच्छुकहरुले सामाजिक संजालमा हिमानीलाई छोरीहरुसँग दिदीबहिनी झैं देखिएको समेत बताएका छन्। धेरै शुभेच्छुकहरुले उनीहरुलाई फलो गरिरहेका छन् । उनीहरुको तारिफ समेत गरेका छन् ।

यो पनि पढौं

छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह 

 

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ३२ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन