२४ घण्टामा ९६ जना डिस्चार्ज, कोरोना संक्रमण निको हुनेको संख्या ५८४ पुग्यो | Khabarhub Khabarhub

२४ घण्टामा ९६ जना डिस्चार्ज, कोरोना संक्रमण निको हुनेको संख्या ५८४ पुग्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

जनकपुरमा आज कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३० रहेको छ । उनीहरु धनुषाका ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।

यसैगरी बलम्बु अस्पताल काठमाडौंबाट थप १ जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी बाँकेमा थप २२ जना पुरुषले कोरोना संक्रमण जितेका छन् । त्यस्तै रात्ती आइसोलेशनबाट बाँकेका ७ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

प्रवक्ता गौतमका अनुसार धरानबाट झापाका २८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै, दाङबाट बर्दियाका ४ जना पुरुष डिस्चार्ज भएका छन् । र दैलेखमा एक जना महिलाले कोरोना संक्रमण जितेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ०२ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका