यी हुन् कोरोना संक्रमण नदेखिएका नेपालका ५ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमण नदेखिएका नेपालका ५ जिल्ला


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ५ जिल्ला मात्र सुरक्षित रहेका छन् ।

मंगलबार इलाममा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ५ जिल्लामा मात्र कोरोना नफैलिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) दिएको जानकारी अनुसार इलामका एक जना पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को ओखलढुंगामा कोरोना संक्रमण देखिएको छैन । प्रदेश नम्बर १ का अन्य १३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण देखिएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पनि संक्रमण देखिएको छैन ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा संक्रमण पुष्टि हुँदा मनाङ र मुस्ताङ अहिलेसम्म संक्रमित देखिएको छैन ।

यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा पनि कोरोना संक्रमण देखिएको छैन ।

यस्तै प्रदेश नम्बर २ का सबै ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुदुरपश्चिमका सबै ९ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : २१ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका