यी हुन् कोरोना संक्रमण नदेखिएका नेपालका ५ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमण नदेखिएका नेपालका ५ जिल्ला


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ५ जिल्ला मात्र सुरक्षित रहेका छन् ।

मंगलबार इलाममा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ५ जिल्लामा मात्र कोरोना नफैलिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) दिएको जानकारी अनुसार इलामका एक जना पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को ओखलढुंगामा कोरोना संक्रमण देखिएको छैन । प्रदेश नम्बर १ का अन्य १३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण देखिएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पनि संक्रमण देखिएको छैन ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा संक्रमण पुष्टि हुँदा मनाङ र मुस्ताङ अहिलेसम्म संक्रमित देखिएको छैन ।

यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा पनि कोरोना संक्रमण देखिएको छैन ।

यस्तै प्रदेश नम्बर २ का सबै ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुदुरपश्चिमका सबै ९ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : २१ बजे

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा