संविधान संशोधनको पक्षमा छौं : जनता समाजवादी पार्टी | Khabarhub Khabarhub

संविधान संशोधनको पक्षमा छौं : जनता समाजवादी पार्टी


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले नेपालको भूमि अनुसारको नयाँ नक्शालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा आफूहरु रहेका जनाएको छ ।

प्रतिनिधि सभामा संविधान संशोधन सम्बन्धि छलफलमा भाग लिँदै जसपाका नेताहरुले संविधान संशोधनका पक्षमा उभिने बताएका हुन् ।

सांसद राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताउँदै राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने प्रष्ट पारे ।

उनले सरकारका तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने भन्दै लिम्पियाधुराको सिरानबाट बगेको नदी नै कालीनदी भएको बताए ।

यसैगरी सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाउँदै राष्ट्रियता विषय र भौगोलिक अखण्डताको विषयमा नहोच्याउन चेतावनी दिए ।

उनले नक्शाको विषय कूटनीतिक रुपमा समाधान गर्न आग्रह गर्दै महाकाली सन्धि र सन् १९५० को सन्धिका विषयमा पनि छलफल गर्न माग गरे ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ३३ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले