संविधान संशोधनको पक्षमा छौं : जनता समाजवादी पार्टी « Khabarhub

संविधान संशोधनको पक्षमा छौं : जनता समाजवादी पार्टी


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले नेपालको भूमि अनुसारको नयाँ नक्शालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा आफूहरु रहेका जनाएको छ ।

प्रतिनिधि सभामा संविधान संशोधन सम्बन्धि छलफलमा भाग लिँदै जसपाका नेताहरुले संविधान संशोधनका पक्षमा उभिने बताएका हुन् ।

सांसद राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताउँदै राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने प्रष्ट पारे ।

उनले सरकारका तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने भन्दै लिम्पियाधुराको सिरानबाट बगेको नदी नै कालीनदी भएको बताए ।

यसैगरी सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाउँदै राष्ट्रियता विषय र भौगोलिक अखण्डताको विषयमा नहोच्याउन चेतावनी दिए ।

उनले नक्शाको विषय कूटनीतिक रुपमा समाधान गर्न आग्रह गर्दै महाकाली सन्धि र सन् १९५० को सन्धिका विषयमा पनि छलफल गर्न माग गरे ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ३३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले