अमेरिकाद्वारा नेपाललाई कोरोना रोकथामका लागि थप ३० लाख डलर सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई कोरोना रोकथामका लागि थप ३० लाख डलर सहयोग


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ३० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत मार्चमा १८ लाख डलर, अप्रिलमा २५ लाख डलर, र अहिले ३० लाख डलर सहयोग गरेको हो ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन् । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।

पछिल्लो ३० लाख डलर कर्णाली र प्रदेश ५ मा कोभिड-१९ लगायत अन्य स्वास्थ्य समस्यासँग जुध्न अझै बलियो प्रणाली र प्रतिकार्यको लागि सहयोग निर्माणमा खर्च हुने बताइएको छ ।

फेब्रुअरी महिनामा नेपाली जनताको लागि पहिलो अन्तरर्राष्ट्रिय सहयोगीको रूपमा पीपीई र कोभिड-१९ जाँच सामग्री हस्तातरण गरेयता अमेरिकाले ७ पटकसम्म स्वास्थ्य सामग्री सहयोग प्रादन गरिसकेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ०८ बजे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत