उत्तर कोरियाका अनौठा ५ कानुन « Khabarhub

उत्तर कोरियाका अनौठा ५ कानुन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परमाणु परीक्षणदेखि अमेरीकासँगको टकराव लगायतका कारणले उत्तर कोरिया विश्वभर चर्चित छ ।

आफ्नो एकल निर्णय र आफ्नै अनौठो कानुनले उत्तर कोरिया अरुभन्दा फरक देश बनेको छ । यहाँका केहि नियम तथा कानुन यति कठोर र अविश्वाशिला छन् जसको विश्वभर विरोध हुदैं आएको छ । तर यो विरोधले पनि उत्तर कोरियालाई कुनै फरक पारेको छैन ।

यस्ता छन् उत्तर कोरियाका अनौठा केहि नियम कानुन :
१. उत्तर कोरियाका संस्थापक किम द्वितीय सुंगलाई मानिन्छ । उनकै जन्मदिन उत्तर कोरियामा नयाँ बर्षको रुपमा मनाइन्छ ।

२. उत्तर कोरियामा निलो रंगको जिन्स लगाउन प्रतिबन्ध छ । तर यो पर्यटकलाई भने छुट छ । तर पर्यटकले समेत किम द्वितीय सुंग र किम जोंग द्वितीयको मेमोरियल हलमा जानुअघि त्यो जिन्स फेर्नु पर्दछ ।

३. उत्तर कोरियामा गरीब मानिसको तस्बिर खिच्नु कानूनतः अपराध हो । उत्तर कोरियाको मान्यता अनुसार यसले उसको देशको छबि बिग्राने गर्दछ ।

४. उत्तर कोरियामा कसैले पनि आफ्नो स्वेच्छाले कपाल काट्न पाउँदैन । सरकारद्धारा जारी केहि डिजाइनका आधारमा मात्र कुनै एक डिजाइनलाई छानेर कपाल काट्न सकिन्छ ।

५. उत्तर कोरियामा आम नागरिकले कार किन्न पाउँदैनन् । यहाँ कार किन्ने अधिकार केवल सेना र सरकारी अधिकारीलाई मात्र हुन्छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ०५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता