मधेशी समुदायको अपमान गरेको भन्दै सन्दीप क्षेत्रीविरुद्ध उजुरी « Khabarhub

मधेशी समुदायको अपमान गरेको भन्दै सन्दीप क्षेत्रीविरुद्ध उजुरी


२५ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीले मधेशी समुदायको अपमान गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । वीरगञ्जका अशोक कुमार कुशवाहाले महानगरीय प्रहरी परिसर, टेकुमा हुलाकमामार्फत बुधवार उजुरी पठाएका हुन् ।

उजुरीमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको भनिएको छ ।

युट्युबमा समेत अपलोड गरिएको उक्त भिडियो अहिले भने ‘प्राइभेट’ गरिएको छ ।

सन्दीपले कार्यक्रम ‘ह्वाट द फ्लप’ मा अनुहारमा कालो पोतेर मधेशी समुदायलाई होच्याउने र उडाउने गरेको आरोप छ । यसअघि पनि मधेशी समुदायले सन्दीपले मधेशी समुदायलाई अपमान गरेको भन्दै विरोध हुने गरेको थियो ।

उजुरीकर्ता अशोक कुमार कुशवाहाले हालै प्रसारण भएको ‘ह्वाट द फ्लप’ को शृङ्खलामा नागरिकता लिन जाँदा पुरुषले महिलाको पोशाक लगाएर गएको र अनुहारमा कालो पोतेर मधेशी समुदायलाई होच्याउने काम गरेकाले उजुरी दर्ता गर्नुपरेको बताए ।

खबरहबसँग उनले भने, ‘सन्दीप जी वीरगञ्जमै हुर्केको र सबथोक थाहा भएको व्यक्ति भएर पनि आफै सारी लगाएर प्रशासन गएको देखाउँदा सामाजिक रुपमा पच्नलायक भएन ।’

उनले मधेशी समुदायमा यसले गलत सन्देश प्रवाह गरेको पनि दाबी गरे । ‘उहाँले यसअघि पनि कार्यक्रममा मधेशी समुदायलाई होच्याउने काम गर्नुभएको थियो, अब त आवाज उठाउनैपर्ने भयो,’ उनले भने ।

कार्यक्रममा सारी लगाएर प्रशासन गएको देखाएको र कार्यक्रममा ‘मजाक’ मा बोलेका कतिपय कुराले मधेशी समुदायलाई चोट पुगेको कुशवाहाले बताए ।

‘मेरो श्रीमती पनि भारतीय हुन्, के म उनको नागरिकता लिन आफै सारी लगाएर जान्छु र ? यथार्थलाई त बङ्ग्याउन भएन नि,’ उनले भने ।

यता सन्दीपले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । सन्दीपले कार्यक्रम ‘ह्वाट द फ्लप’ मा मिठाइलाल ज्यादबको भूमिका निभाउँदै आएका छन् ।

उनले मधेशी समुदायको एक चरित्रलाई पर्दामा देखाएको भए पनि बेलाबेलामा मधेशीलाई होच्याउने गरी कार्यक्रम प्रसारण गरेको आरोप झेल्ने गर्छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ११ : २५ बजे

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ