कोरोना संक्रमित बढेपछि घट्यो चहलपहल « Khabarhub

कोरोना संक्रमित बढेपछि घट्यो चहलपहल


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ ।

कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पीसीआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो दुई जनामा पोजेटिभ पुष्टि भएको नगर अस्पतालका प्रमुख डा विप्लब अधिकारीले जानकारी दिए ।

नगर अस्पतालबाट हप्तामा दुईदिन सोमबार र शुक्रबार सो परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । कोरोना पोजेटिभ प्राप्त भएकामा गोकर्णेश्वर नगरपालिका वडा नं.– ५ जोरपाटीका एक र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.–६ मूलपानीस्थित सृजनाटोलका एक गरी दुई जना छन् । दुवै जना केही दिन अघि साउदी र दुबईबाट स्वदेश फर्किएका हुन् । दुवै जना युवा उमेर समूहका भएको अस्पतालले जनाएको छ ।

ती क्षेत्रका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि असारको पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । बुधबार दिउँसो दुईजनामा पोजेटिभको खबर फैलिएपछि धेरैले आ आफ्ना व्यापार व्यसाय बन्द गरेका थिए । नजिकै बस्ने मानिसमा कोरोना पोजेटिभ आएको खबर सुनेपछि जोरपाटी चोकमा कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्ने राजेन्द्र डङ्गोल व्यवसाय बन्द गरी घर फर्किएका थिए ।

यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा यही असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर ७ शिवचोककी १९ वर्षीय महिला र शंखरापुर नगरपालिका वडा नं. ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ ।

सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सो प्रयोगशाला टेकुमा पठाइएको छ। स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १ : ११ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण