नदीमा बेपत्ता किशोरको खोजी जारी « Khabarhub

नदीमा बेपत्ता किशोरको खोजी जारी


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बुढी गंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी छ ।

किशोर द्धारीमा रहेको बुढी गंगा नदीमा डुबेर बेपत्ता भएका छन् । गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युत्को नहर खोलाले भत्काएपछि बनाउन बुढी गंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमा गोताखोरको टोली बाजुरा आएर घटनास्थलमा खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

बुधबार प्रदेशको सशस्त्र टोली खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेर खोजी कार्य गरेको प्रहरी प्रमुख भट्टराइले बताए ।

हेलिकप्टरमार्फत आएको गोताखोरको टोली बुधबार नै घटनास्थलमा पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । बेपत्ता भएका किशोरको सोही क्षेत्र र अछामको आसपासका क्षेत्रमा खोजी गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १ : ३६ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।