व्यथा लागेको चार दिनपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

व्यथा लागेको चार दिनपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला जिल्लाको दक्षिण क्षेत्रबाट दुई गर्भवतीको आज एकै पटक उद्धार गरिएको छ ।

चङ्खेली गाउँपालिका वडा ४ निवासी ३३ वर्षीया हजारी शाही र २६ वर्षीया गम्भीरा शाहीको उद्धार गरिएको हो ।

हजारीलाई असार २० गते व्यथा लागे पनि गाउँमै रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उच्च रक्तश्रावको समस्या निम्तिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार सफल नभएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उद्धारका लागि हेलिकप्टर पठाउन पत्राचार गरिएको पाँच दिनपछि उद्धार भएको प्रमुख सिंहले बताए ।

यस्तै गम्भीराको व्यथा लागेको चार दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरी सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।

असार २० गते हेलिकप्टर पठाउन पत्राचार गरिए पनि लगातारको वर्षाका कारण उद्धारमा ढिलाइ भएको हो । दुवैको अवस्था गम्भीर छ ।

उनीहरु दुवैलाई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट सीधै उद्धार गरिएको मेल्छाम प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ३८ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज