मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाईनलमा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

शनिबार राति घरेलु मैदानमा क्याम्प नाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

खेलको १०औं मिनेटमा क्लेमेन्ट लेन्गलेटको गोलमा अग्रता लिएको बार्साले २३औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफको ईन्जुरी समय ४६औँ मिनेटमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–० को अवस्थामा पुर्‍याए ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेट अर्थात ५०औँ मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।

त्यसपछि खेलमा कुनै पनि गोल भएन र बार्साले समग्रमा ४-२ को जीत निकाल्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ४२ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि