सोलुखुम्बुको चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम « Khabarhub

सोलुखुम्बुको चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा बाढी, तटीय क्षेत्रमा जोखिम


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ।

चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए।

‘अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी गोठ पनि बाढीले बगायो। पछि बुझ्दै जाँदा चोकर्मा हिमताल फुटेको पाइयो’, मेयर शेर्पाले खबरहबसँग भने ।

तालको एक छेउ मात्र फुटेकाले पानी आंशिक बग्दा खासै क्षति हुन नपाएको तर त्रास भने बढेको उनले बताए ।

पाँच हजारभन्दा बढीको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुनसक्ने उनको बताए।

‘आज मसहित प्रदेश सांसद् र सुरक्षाकर्मीको टोली तालको अवलोकनमा जाने तयारी गरेका छौँ । हेलिकप्टर पनि तयारी अवस्थामा छ तर, मौसम राम्रो नभएकाले रोकिएका छौँ । मौसम सफा भए हामी त्यहाँ पुग्छौ,’ मेयर शेर्पाले भने ।

चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ। सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ३९ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड