विश्वभर १ करोड ९८ लाखमा कोरोना संक्रमण, एकैदिन ५ हजार ६११ को मृत्यु « Khabarhub

विश्वभर १ करोड ९८ लाखमा कोरोना संक्रमण, एकैदिन ५ हजार ६११ को मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणले विश्वभर १ करोड ९८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

सात महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाको महामारीले आइतबार यो समाचार तयार पार्दासम्म १ करोड ९८ लाख ४ हजार ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ६२ हजार ५२४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २८ हजार ७९५ पुगेको छ ।

१ करोड २७ लाख १४ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।   कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९४८ जनाको मृत्यु भएको छ । ३० लाख २३ हजार ३७५ जना संक्रमित भएकोमा १८ लाख १६ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३३ हजार ८९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६० लाख ६२ हजार २६९ पुगेको छ । त्यसमध्ये ३२ लाख ३० हजार ८६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ । ४९ लाख ५४ हजार ५५२ जना संक्रमित भएकोमा ३७ लाख ३६ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५८ हजार ३८७ जनाको मृत्यु भएको छ । ४७ लाख ८५३ जना संक्रमित भएकोमा ३१ लाख ९९ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ९६६ जनाको ज्यान गएको छ भने १० लाख ३९ हजार ६७८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख २३ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३२१ जनाको मृत्यु भएको छ । २२ हजार ९६० जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : २० बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु