विश्वभर १ करोड ९८ लाखमा कोरोना संक्रमण, एकैदिन ५ हजार ६११ को मृत्यु « Khabarhub

विश्वभर १ करोड ९८ लाखमा कोरोना संक्रमण, एकैदिन ५ हजार ६११ को मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणले विश्वभर १ करोड ९८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

सात महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाको महामारीले आइतबार यो समाचार तयार पार्दासम्म १ करोड ९८ लाख ४ हजार ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ६२ हजार ५२४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २८ हजार ७९५ पुगेको छ ।

१ करोड २७ लाख १४ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।   कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९४८ जनाको मृत्यु भएको छ । ३० लाख २३ हजार ३७५ जना संक्रमित भएकोमा १८ लाख १६ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३३ हजार ८९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६० लाख ६२ हजार २६९ पुगेको छ । त्यसमध्ये ३२ लाख ३० हजार ८६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ । ४९ लाख ५४ हजार ५५२ जना संक्रमित भएकोमा ३७ लाख ३६ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५८ हजार ३८७ जनाको मृत्यु भएको छ । ४७ लाख ८५३ जना संक्रमित भएकोमा ३१ लाख ९९ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २२ हजार ९६६ जनाको ज्यान गएको छ भने १० लाख ३९ हजार ६७८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख २३ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३२१ जनाको मृत्यु भएको छ । २२ हजार ९६० जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : २० बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ