डिप्रेसनसँग जुधिरहेकी अभिनेत्री जयश्रीलाई सुदिपले बचाए | Khabarhub Khabarhub

डिप्रेसनसँग जुधिरहेकी अभिनेत्री जयश्रीलाई सुदिपले बचाए


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय कन्नड चलचित्रकी अभिनेत्री एवम् र बिगबस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैया आजकल सामाजिक सञ्जालमा निकै चर्चामा हुन्छिन् ।

उनले आफू डिप्रेसनमा रहेको सामाजिक सञ्जालमार्फत नै खुलासा गरेकी छन् । यत्तिसम्म भनिन कि उनी जीवन त्याग्ने योजनामा पुगेकी थिइन ।

जयश्री रमैयाले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमा एक पोस्ट लेख्दै आफु डिप्रेसनसंग जुधिरहेको बताउँदै लेखेकि छन्, ‘जब म डिप्रेसनसंग लडिरहेको थिए त्यसबेला म मर्न चाहान्थे ।’ उनको केहि बेरमा नै यो पोष्ट डिलिट गर्दै पोष्टका लागि माफ मागेकी छन् ।

जयश्रीले आफ्नो पोष्टका लागी माफि माग्दै साउथ सुपरस्टार किच्चा सुदीपलाई धन्यवाद दिएकी छन् । उनले नयाँ पोष्ट मार्फत सुदीपलाई धन्यवाद दिदैं डिलिटेड पोस्टका लागी फ्यानसंग माफ मागिन ।

उनले सुदिपको प्रशंसा गरेकी छन्, ‘मेरो ख्याल राखेकोमा र मलाई बचाएकोमा म सुदिप सरप्रति आभारी छु ।’

जयश्री रमैया एक चर्चित मोडल र डान्सर हुन् । उनले सन् २०१५ मा कन्नडको रियलिटी शो बिगबोस कन्नडमा भाग लिएकी थिइन् । यस शोको होस्ट साउथ सुपरस्टार किच्चा सुदीप हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं